नेप्सेमा ११.९१ अंकको वृद्धि, १० अर्बभन्दा बढीको कारोबार

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ११.९१ अंकले बढेर २७३९.८२ विन्दुमा पुगेको छ। कुल ०.४३ प्रतिशतको वृद्धि हुँदा १० अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जसमा १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर किनबेच भए।

कारोबार भएका ३१४ कम्पनीहरुमध्ये ८७ कम्पनीको शेयर मूल्य बढ्दा १४९ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रह्यो। शेयर कारोबार ९९ हजार ५८५ पटक भएको छ।

आज ४ कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा २ कम्पनीको शेयर नकारात्मक सर्किटमा परेको छ। १३ समूहमध्ये ६ समूह बढे भने ७ समूह घटेका छन्।

सबैभन्दा धेरै अन्य समूह ३.६७ प्रतिशतले बढ्दा सबैभन्दा कम वाणिज्य बैंक समूह ०.२२ प्रतिशतले मात्र बढ्यो। उता, फाइनान्स समूह सबैभन्दा धेरै १.७४ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा कम ०.०६ प्रतिशतले घटेको देखिएको छ।

प्रतिक्रिया