दिनहुँ बढ्दै सुनको मूल्य, कति पुग्यो तोलामा

काठमाडौंं - सुनको मूल्य निरन्तर दोश्रो दिन पनि बढेको छ । साउन २५ गते, बुधबार सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको हो । यस दिन चाँदीको मूल्यमा भने गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको पनि मूल्य वृद्धि हुँदा प्रतितोला ९६ हजार ६०० रुपैयाँ पुगेको छ ।

अघिल्लो कारोबार दिन पनि सुन महंगिएको थियो । हिजो सुन तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ९०० रुपैयाँ पुगेको थियो ।

बुधबार चाँदीको भाउ भने सस्तिएको छ । आज चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २३० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

मंगलबार भने चाँदीको भाउ बढेको थियो । हिजो चाँदी तोलामै ३५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २४० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया