अरुको नाममा आईपीओ भरे २५ हजार जरिवाना


काठमाण्डौं–शेयर बजारमा लगानीकर्ताको आकर्षण बढे सँगै अर्कोको नाममा आईपीओ भर्ने प्रचलन बढेको छ । धेरै कम्पनीले आईपीओ निकाले पछि फाइदा हुने भएपछि एकाघरको मात्र नभएर बाहिरका आफन्त साथीभाईको पनि शेयर भर्ने गरेका छन् । 


अनुमति बिना अर्काको नाममा शेयर भरेको प्रमाणित भए २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ । धितो पत्र बोर्डले अर्काको नाममा सेयर भरेको पाइएमा कारबाही गर्ने भएको छ । धितोपत्र ऐनअन्तर्गत मुद्दा पनि लाग्ने व्यवस्था छ । कानुनी प्रावधान छलेर अरुको नाममा आईपीओ भर्ने काम गरे अनुसन्धान गरेर मुद्दा चलाउन सकिने व्यवस्था रहेको छ । आईपीओ भर्दा नागरिकता दुरुपयोगको मुद्दामा कारबाही हुने व्यवस्था छ ।
 

प्रतिक्रिया