काठमाडौँ - लोकप्रिय युवा सर्जक तथा गायक तेजश रेग्मीको केही समय पहिला सार्वजनिक भएको गीत " म त बाग्लुङ बिनामारेको" बोलको गीत अहिले सम्म पनि दर्शक स्रोतको रोजाइमा परिरहेको छ ।
सामाजिक सञ्जाल टिकटकमा गीतको निकै चर्चा छ । सो गीतमा धेरैले सारङ्गी बजाएर समेत नक्कल गरेका छन् ।
तेजश रेग्मीको लय तथा शब्द सिर्जना रहेको सो गीतमा तेजश रेग्मी,कला लम्सालको आवाज रहेको छ । गीतलाई बागलुङ जिल्ला आसपास मै भिडीयो छायांकन गरिएको छ ।
कुमार केसीको निर्देशन रहेको गीतमा तेजश र यसू भट्टराईको अभिनय रहेको छ ।