काठमाडौं - आफ्नो बोलिका कारण केही समय पहिला सामाजिक सञ्जालमा निकै भाइरल बनेका सचिन परियार त्यसपछि स्कूल पढ्न जान थालेका थिए ।
सडकमा माग्दै हिड्ने उनको जीवन शैली विभिन्न सहयोग दाताको कारण फेरिएको थियो । तर एक्कासी उनी पुरानै अवस्थामा पुगेको देखिएको छ ।
स्कूल छाडेर गुल्मीमा माग्दै हिँडेको अवस्थामा भेटिएपछि परियारको अवस्था किन यस्तो भयो भन्ने धेरैको चासो बढेको छ ।
यही विषयलाई दिएर विभिन्न मिडियाले वास्तविकता सार्वजनिक गरेका छन् । मिडियामा आएको रिपोर्ट अनुसार उनका बुवाका कारण सचिनको यो अवस्था आएको खुल्न आएको छ ।
हेर्नुहोस् हो भिडियो -