युवा सर्जक न्यौपानेको तीज गीत "घुमाउँछु चार दिन"

काठमाडौं। नेपाली हिन्दुहरूको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै धेरै कलाकारहरूले तीज विशेष गीतहरू सार्वजनिक गरिरहनुभएको छ। यस वर्ष पनि सयौँ तीज गीतहरू सार्वजनिक हुने अनुमान गरिएको छ। व्यवसायिक पाटो त्यति सफल नभए पनि गीतसंगीतमा लगानी बढ्दो छ। मौलिकता र तीजको भावनाका विषयलाई लिएर पनि धेरैले आलोचना गरिरहेका छन्।

 

यसैबीच, हरितालिका तीजलाई लक्षित गरेर विशेष गीत "घुमाउँछु चार दिन" भर्खरै मात्र सार्वजनिक भएको छ। आयान न्यौपानेको शब्द तथा लय सिर्जना रहेको सो गीतलाई विज्ञान न्यौपाने र सुनिता बुढा क्षेत्रीले आवाज दिएका छन्। गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ। गीतलाई विश्वास नेपालले संगीत संयोजन गरेका छन्।

 

यता, म्युजिक भिडियो चर्चित निर्देशक काजीस् श्रेष्ठले निर्देशन गरेका छन् भने काजीस् श्रेष्ठ, अर्जुन सापकोटा, गीता ढुङ्गाना, साथै बिपासा चन्दराले अभिनय गरेका छन्।

 

प्रतिक्रिया