दोहास्थित नेपाली दूतावासले कतारमा रहेका र नेपाल फर्कन चाहने नेपाली नागरिकहरूलाई आवेदन दिन आग्रह गरेको छ। दूतावासले शुक्रबार सूचना जारी गर्दै स्वदेश फर्कन इच्छुक नेपालीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन अनुरोध गरेको हो।
दूतावासका अनुसार मध्यपूर्वको वर्तमान परिस्थितिका कारण साउदी अरेबियाका विमानस्थल प्रयोग गरेर मात्र नेपाल यात्रा गर्नुपर्ने अवस्था रहेको छ। त्यसैले कतारमा बसोबास गरिरहेका र वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका नेपाली नागरिकलाई दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन तथा अपोइन्टमेन्ट बुक गर्न भनिएको छ।
दूतावासले भिसा प्रक्रियासम्बन्धी थप जानकारीका लागि सम्बन्धित व्यक्तिले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्ने जनाएको छ।