काठमाडौँ । रामचन्द्र पौडेल ले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी लाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११:१५ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन्।
उक्त निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना गरी कुल २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। नेपाली कांग्रेस का सांसद केसी समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन्।
ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित अन्य सांसदलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम पनि तय गरिएको छ।