काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिबेसन सम्पन्न भएको छ भने सभापतिमा शेर बहादुर देउवा निर्वाचित भएका छन् । त्यस्तै उपसभापतिमा पूर्ण बहादुर खड्का र धनराज गुरुङले बाजी मरेका छन् ।
यसै बीच निर्वाचन समितिले महामन्त्रीको मत आज बिहान ८ बजे बाट गणना गर्ने तयारी गरेको छ । ८ बजेपछि मत गणना हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनु भयो ।
सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यको मत पार्टी कार्यालय सानेपामा राखिएको छ । अब गगन,विश्व प्रकाश र प्रदीप पौडेलको मतलाई चासोका साथ हेरिएको छ । गगन थापाले पपुलर मत ल्याएर जित्ने धेरैको अनुमान छ ।