काठमाडौं — रविन्द्र मिश्रलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरिएको छ। मंगलबार प्रहरीद्वारा हिरासत म्याद थपका लागि अदालतमा पेस गरिँदै गर्दा मिश्रका तर्फबाट सो रिट दर्ता गरिएको हो।
रिटमार्फत मिश्रलाई कानुनी आधारबिनै हिरासतमा राखिएको भन्दै रिहा गर्न माग गरिएको छ। अब सर्वोच्च अदालतले रिटमाथि सुनुवाइ गर्दै मिश्रलाई थुनामा राख्ने कि रिहा गर्ने भन्नेबारे निर्णय गर्नेछ।