मंगलबार नेप्से घट्यो, कारोबार रकम ६ अर्ब नजिक

काठमाण्डौ। मङ्गलबार नेप्से परिसूचक 16 अंकले घटेर बजार बन्द भएको छ। नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ।

३२२ कम्पनीहरूको ५ अर्ब ७९ करोड भन्दा माथिको कारोबार भएको छ। निरन्तर उकालो लागिरहेको परिसूचक आज घटेको छ र २६७७ विन्दुमा आएको छ। आज व्यापार बाहेक सबै उपसूचकमा गिरावट आएको छ। घट्ने उपसूचकमा फाइनान्स उपसूचक सबैभन्दा अगाडि रहेको छ।

आज हिमालयन रिइन्सुरेन्सको शेयर सबैभन्दा धेरै मूल्यको खरिदबिक्री भएको छ भने एक कम्पनीको शेयर मूल्यमा सर्किट पनि लागेको छ। कारोबार भएका कम्पनीहरू मध्ये ४२ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबैको घटेको छ।

प्रतिक्रिया