राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौं । मंगलबार सम्पन्न राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । उनले कांग्रेसका युवराज शर्मालाई पराजित गरेका हुन् ।

मंगलबार भएको निर्वाचनमा कुल ६५ मत खसेको थियो । दाहालले ३९ प्राप्त गरेका छन् । तर, शर्माले १७ मत ल्याएका छन् ।

 

 

 

प्रतिक्रिया