भाद्र महिना सम्मको लागि ब्याजदर नबढ्ने 

काठमाडौं । बैंकले भदौं सम्मका लागि पनि ब्याजदर स्थिर हुने भएको छ । नेपाल बैकर्स संघले तत्कालै ब्याजदर नबढाउने भद्र सहमती गरेका छन । आज बसेको संघको बैठकले त्यस्तो सहमती गरेको हो । 

नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु परिवर्तन गरेपछि ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था गरेको थियो । तर भदौ महिना सम्मको लागि ब्याजदर नबढाउने सहमती भएको हो । 


राष्ट्र बैंकले बैंकदरलाई ७ प्रतिशतबाट बढाएर साढे ८ प्रतिशत बनाएको छ । यस्तै एकीकृत निर्देशिकामा संस्थागत तर्फ मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतभन्दा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने निर्देशन दिएको हो ।

साउन महिनाको लागि ब्याजदर यथावत राख्ने भदौ महिनामा के गर्ने विषयमा साउनको अन्तिममा निर्णय लिने सहमति संघको बैठकमा भएको छ ।

प्रतिक्रिया