बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष गोल्यानले भने–‘पुँजी बजारमा विदेशी लगानी आवश्यक छ’

काठमाडौं– बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले पुँजीगत बजारमा विदेशी लगानी आवश्यक रहेको बताएका छन् । शेयर बजारमा गैर आवासयीय नेपालीलाई पनि लगानी गर्न दिनुपर्ने धारणा राखे । पुँजी बजारको आकार ठूलो बनाउन र बजारलाई स्थिर बनाउन थप लगानी आवश्यक रहेको बताए ।
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग र बैंक तथा वित्तीय संस्था परिषंघलेले मंगलबार राजधानीमा आयोजना गरिएको सरकारको पूँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी विषयक कार्यशालामा गोल्यानले यस्तो धारणा राखेका हुन् । मुलुकको विकास गर्नका लागि वैदेशिक लगानी आवश्यक भएको उनले बताए । ‘वैदेशिक लगानी सहजीकरणका लागि स्थापना भएको एकद्वार प्रणालीलाई पूर्णरुपले कार्यान्वयन गर्नुपर्छ,’ गोल्यानले अर्थमन्त्री शर्मालाई अनुरोध गर्दै भने, ‘ कृषिमा विदेशी लगानी भित्राउनु पर्छ ।’ पाँच लाख डलर भन्दा कम लगानी ३ दिनभित्र, १० लाख डलरसम्मको विदेशी लगानी ७ दिनभित्र र ५० लाख डलरसम्मको लगानी १५ दिनभित्र स्वीकृत गर्नुपर्ने व्यवस्था गर्न अनुरोध गरे । ‘आवश्यक प्रक्रिया पु¥याएर आएको फाइललाई अटोमेटिक रुपमा स्वीकृत गर्ने पद्यतिको विकास गर्नुपर्छ,’ गोल्यानले भने । 


गोल्यानले विदेशीबाट सस्तो व्याजदरमा विदेशी मुद्रामा ऋण ल्याई नेपाली मुद्रामा कर्जा प्रवाह गर्दा उत्पन्न हुने जोखिम राष्ट्र बैंकले व्यवस्थापन गर्ने गरी हेजिङ सम्बन्धी नीतिगत व्यवस्था गरिनु पर्ने पनि धारणा राखेका थिए । उनले सेयर बजारमा विदेशी लगानी भित्राउनु पर्ने धारणा राखे ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय