खुल्यो सामाजिक सञ्जाल टिकटक

काठमाडौं - तीन इन्टरनेट सेवाप्रदायकले काठमाडौंबाहिर टिकटक खुलाएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामै आज वर्ल्डलिंकसहित तीन आइएसपीले आफुखुशी टिकटक खुलाएका हुन् ।

मन्त्रिपरिषद्ले गरेको निर्णय अबज्ञा गर्दै काठमाडौंबाहिर टिकटक खुलाएका छन् । स्रोतका अनुसार वर्ल्डलिंक, डिसहोम फाइबरनेट र ब्रोडलिंकका उच्च अधिकारीको अनौपचारिक वैठक आज काठमाडौंमा बसेको थियो ।

 

सो वैठकले काठमाडौं बाहिरका चार ठाउँमा रहेका लोकल सर्भरबाट टिकटक खुलाउने निर्णय गरेको स्रोतले बतायो । त्यसलगत्तै तीनवटै आइएसपीका ग्राहकहरूको डिभाइसमा टिकटक चल्न थालेको छ ।काठमाडौंमा भने तत्काल नखोल्ने रणनीति छ ।

काठमाडौंमा खोल्दा सरकारी निकायको ध्यान जाने र कारवाहीमा परिने डरले यस्तो निर्णय लिइएको स्रोतको भनाइ छ ।टिकटक प्रतिवन्धविरूद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको छ । आइएसपीहरूले आफूखुशी टिकटक खुलाएर सरकारलाई ठाडो चुनौति दिएका छन् ।

एबीसी न्युज 

प्रतिक्रिया