प्रिओपन सेसनमा २० अंक भन्दा धेरैले बढ्यो शेयर बजार,कति भयो कारोबार ?

काठमाण्डो - साताको पहिलो दिन नेप्से प्रिओपसन सेसनमा २० अंकले बढेर समग्र बजार २८४५ विन्दुमा पुगेको छ । 

यो सेसनमा आज ३८ कम्पनीहरुको शेयर खरिद विक्री भएको थियो । जसमा २९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको शेयर मुल्य भने यथावत रहेको छ । त्यस्तै ४ कम्पनीको शेयर मुल्य भने घटेको छ । 

यो सेसनमा ५५ लाख भन्दा धेरेको कारोबार भएको छ । राधि जलविद्युतको सबै भन्दा धेरै कारोबार हुँदा हिमालयन डिष्टीलरिको सबै भन्दा धेरै कारोबार भएको छ । गत साताको विहिबार पनि २३ अंकले नेप्से बढ्दैै बजार बन्द भएको थियो । 

प्रतिक्रिया