अनुसन्धान नसकिँदा ओलीलाई शर्तसहित रिहा, परिवारको जिम्मा लगाइयो

काठमाडौं । केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। १३ दिनपछि रिहा गरिएका उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चिकित्सकको सल्लाहअनुसार थप निर्णय गरिनेछ।

ओलीलाई त्रिवि शिक्षण अस्पतालमा उपचाररत अवस्थामै राखिएको थियो। उनलाई जेनजी आन्दोलन दमन गरेको आरोपमा चैत १४ गते निवासबाट पक्राउ गरिएको थियो।

यसअघि ओलीकी पत्नीले गैरकानुनी हिरासतको आरोप लगाउँदै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। सर्वोच्चले चैत २६ गतेभित्र अनुसन्धान टुंग्याउन आदेश दिएको थियो।

अदालतले तोकेको समयसीमाभित्र अनुसन्धान पूरा नभएपछि शर्तसहित रिहा गर्ने आदेशअनुसार ओलीलाई अस्पतालमै आफन्तको जिम्मा लगाइएको हो।

प्रतिक्रिया