शेयर बजारमा हरियाली, १५ अर्ब भन्दा बढीको कारोबार

काठमाडौँ । प्रचण्ड सरकार परिवर्तन भई ओली सरकार आएपछि शेयर बजारका लगानीकर्ताहरूको मनोबल अझै उच्च भएको छ। अघिल्लो साता उछाल लिएको नेप्से सूचकले यो हप्ताको पहिलो कारोबार दिनमा पनि निरन्तरता पाएको छ।

आइतबार परिसूचक ६१ अंकभन्दा धेरैले बढेर समग्र बजार २४८५ विन्दुमा पुगेको छ। नेप्से मात्र होइन, कारोबार रकममा पनि उस्तै उछाल आएको छ। आज १५ अर्ब २३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

नेप्सेका सबै उपसूचकहरूमा हरियाली छाएको छ भने व्यापार तथा होटल उपसूचक सबैभन्दा धेरै बढेका छन्। किनबेच भएका ३१५ कम्पनीहरूमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ भने करिब एक दर्जन कम्पनीको शेयर मूल्य सर्किट लेवलमा कारोबार भएको छ।

आज सोल्टी होटलको शेयर सबैभन्दा धेरै कारोबार भएको छ भने त्यसपछि धेरै कारोबार हुने कम्पनीमा इन्स्योरेन्स र बैंक रहेका छन्।

नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै लगानीकर्ताको मनोबल उच्च भएको छ। उनी बजारमैत्री अर्थमन्त्रीको रूपमा चिनिने गरेका छन्।

प्रतिक्रिया