विष्णु खत्रीको दशैं गीत सार्वजनिक,दर्शक भन्छन बल्ल दशैं आए जस्तो भो

काठमाण्डौ । लोकप्रिय गायक विष्णु खत्रीले यस वर्षको दशैं विशेष गीत सार्वजनिक गरेका छन्। विगत दुई दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय खत्रीले झन्डै एक दशकदेखि निरन्तर दशैं विशेष गीत सार्वजनिक गर्दै आएका छन्। उनकाे“सुनको जलप” जस्ता गीतहरू अत्यधिक चर्चित बनेका थिए।

नयाँ गीतमा शब्द र लय खत्रीकै सिर्जना रहेको छ भने गायनमा उनलाई गायिका देवी घर्तिले साथ दिएकी छन्। यसपटक पनि गीतमा विदेशमा रहेका नेपालीको पीडा, दशैंमा घर आउन नपाउने बाध्यता र त्यससँग जोडिएको भावनात्मक कथा प्रस्तुत गरिएको छ।

गीतको अडियोसँगै भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा कलाकार सारिका केसी र ओवी रायमाझीले अभिनय गरेका छन् भने निर्देशन निशान बाँनीयले गरेका हुन्। गीत सार्वजनिक भएसँगै यस वर्षको दशैंमा पनि खत्रीको गीतले विशेष माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया