लोकप्रिय सर्जक तथा गायक कृष्ण केसीको मौलिक गीत "ठुली"

काठमाडाैं - पछिल्लो समय संगीत संयोजनमार्फत धेरै गीतहरुमा आफ्नो कला देखाइसकेका लोकप्रिय संगीत संयोजक कृष्ण केसीको आवाज रहेको मौलिक गीत ठुली भर्खर मात्र सार्वजनिक भएको छ। 

गीतको अडियो र भिडियोपक्ष निकै दमदार बनेको छ। लोकप्रिय सर्जक शिव हमालको उत्कृष्ट शब्द संयोजन रहेको गीतलाई केसी आफैले संगीत पारेका छन्। पवित्रा मगर र कृष्ण केसीको आवाज रहेको गीतको संगीत संयोजनसमेत केसी आफैले गरेका हुन् ।

मौसम हिमालीको निर्देशन रहेको गीतमा देवेन्द्र बब्लु, कृष्ण केसी, रजनी गुरुङ र पवित्रा मगरको अभिनय रहेको छ । 

पछिल्लो समय सार्वजनिक भएका केही मौलिक गीतहरूमध्ये यो गीत पनि उत्कृष्ट मौलिक गीत भित्र पर्दछ। 

 

प्रतिक्रिया