काठमाण्डौ । लाइभ दोहोरीमा विगतदेखि आफ्नो दरो उपस्थिति जनाएको इनेपाल रोधिघरले बेला बेला नयाँ गीतहरू पनि सार्वजनिक गरिरहेको हुन्छ । केही समय पहिला रेलै सलल बोलको गीत सार्वजनिक गरेर निकै चर्चामा आएको थियो । अहिले सोही टिमले बसे है पाले दाइ बोलको गीत लिएर आएको छ ।
गीत सार्वजनिक भएको २४ घण्टा पनि नपुग्दै धेरै दर्शकको मन जित्न सफल भएको छ । सरकारी विद्यालयको परिवेशलाई गीतले आफ्नो कथामा जोडेको छ भने यसमा माया प्रेमलाई पनि जोडिएको छ । गीतको भाका भने पुरानो चर्चित भाकाबाट ल्याइएको हो ।
बालकुमार श्रेष्ठको शब्द सिर्जना रहेको सो गीतको लय स्वर्गीय जयानन्द लामाले सिर्जना गरेका हुन । गीतमा बद्रि पंगेनी,बालकुकार श्रेष्ठ,्रश्याम राना,अस्मिता डल्लाकोटी,रवि कार्की,सुमन परियार,चोलेन्द्र पौडेल,सुमित्रा कोइराला,बालिका तामाङ लगायतका कलाकारहरूले आवाज दिएका छन ।
इनेपाल रोधिघरले बजार व्यवस्थापन गरेको गीतलाई छोटो समयमै धेरै राम्रो प्रतिक्रियाहरू आइरहेको कम्पनीका सञ्चालक राजन क्षेत्रीले बताउनु भयो । विष्णु तामाङले संगीत संयोजन गरेको गीतलाई विष्णु शर्माले निर्देशन गरेका छन ।