याे हप्ता शेयर बजार तीन दिन मात्र खुल्ने

काठमाडौं - सोमबार पनि शेयर बजार बन्द हुने भएको छ । पोखरामा जहाज दुर्घटनामा परी ज्यान गुमाएका यात्रुको सम्झनामा आज सरकारले शोक बिदा दिएको छ । 

आईतबार त्यहाँ ७२ यात्रु सहितको जहाज दुर्घटना भएको थियो । आजको सार्वजनिक बिदा सँगै यो हप्ता शेयर बजार ३ दिन मात्र खुल्ने भएको छ ।मंगलबार,बुधबार र बिहीबार बजार खुल्ने छ ।

प्रतिक्रिया