ग्लोवल आईएमई बैंक नाफामा सबैभन्दा अगाडि,शेयर धनी मक्ख

काठमाडौं - बैंक तथा वित्तीय संस्थाले दोर्साे त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । जस मध्य ग्लोबल आईएमई बैंकले राम्रो प्रगति गरेको देखिएको छ । 

बैंक चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको  विवरण अनुसार  बैंकले २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ३१ करोड ५१ लाख १८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि ०.४९ प्रतिशतले बढेर ४ अर्ब ७९ करोड ५२ लाख ३७ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ४ अर्ब ७७ करोड १८ लाख ५४ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि १३.५७ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड ६९ लाख १४ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले ३ अर्ब २३ करोड ७६ लाख ६६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया