नेप्से २५ सय विन्दुमाथि, कारोबार रकम १४ अर्ब

काठमाडौं। नयाँ सरकार आएसँगै उकालो लागेको शेयर बजारले आज मंगलबार पनि निरन्तरता पाएको छ। आज परिसूचक र कारोबार रकम दुवैमा उछाल आएको छ।

परिसूचक ७५ अंक भन्दा धेरैले बढेर समग्र बजार २५६३ विन्दुमा पुगेको छ। यो करिब २९ महिनापछिकै उच्च विन्दु हो। नेप्से मात्र होइन, कारोबार रकममा पनि उत्साह कायमै छ। आज १४ अर्ब ११ करोड भन्दा धेरैको शेयर किनबेच भएको छ।

९ कम्पनीहरूको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा ३१७ कम्पनीको शेयर खरिद बिक्री भएको छ। यस दिन शिवम् सिमेन्टको शेयर सबैभन्दा धेरै मूल्यको कारोबार भएको छ।

उपसूचकमा सबै हरियाली छाएको छ भने जलविद्युत, व्यापार तथा विकास बैंक समूहमा लगानीकर्ताको उच्च रुचि देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय