नेप्से घटनेक्रम रोकिएन,कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको दोर्श्रो दिन नेप्से दोहोरो अङ्कले घटेको छ । 

उक्त दिन बजार परिसूचक २ हजार बिन्दुकै आसपासमा रोकिएको छ। सोमबार बजार परिसूचक २०३१.५५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज होटेल तथा पर्यटन समूह २३.७१ अंक, उत्पादन तथा प्रशोधन समूह १४७.८२ अंक, म्युचुअल फन्ड ०.०३ र व्यापार समूह ८.७३ अंकले बृद्धि भएको छ। यी बाहेकका अन्य समूहहरु भने घटेका छन् ।

आज कारोबार रकममा भने खुम्चिएको छ । अघिल्लो दिन अर्थात् गत बिहीबार साढे ३ अर्ब रुपैयाँ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । तर, आज भने २ अर्ब ४८ करोड ९१ लाख १८ हजार रुपैयाँ बराबरको ७० लाख ६१ हजार १२ कित्ता सेयर किनबेच भएको छ ।

आज गोर्खाज फाइनान्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । सो दिन कम्पनीको सर्वाधिक अर्थात् २८ करोड ९० लाख २५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिवम सिमेन्टको १३ करोड ७८ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएकोछ ।

 

प्रतिक्रिया