सोमबार सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौंं - नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रति तोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया