अब शुक्रबारपनि शेयर बजार खुल्ला

काठमाडौ -  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रबार पनि शेयर कारोबार हुने जनाएको छ । नेप्सेले जेठदेखि शुक्रबार पनि शेयर कारोबार हुने जनाएको हो ।

सरकारको निर्देशन अनुसार नेप्सेले लगानीकर्ता तथा सरोकारवाला पक्षहरुलाई शुक्रबार पनि कारोबार हुने जनाएको हो ।

सरकारले जेठ १ गते देखि लागु हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि नेप्सेले शुक्रबार पनि कारोबार हुने जनाएको हो ।

सरकारले सोमबार देखि शुक्रबारसम्म बिहान ९ः३० बजे देखि साँझ ५ः३० बजे सम्म कार्यालय समय कायम गर्ने खोल्ने निर्णय गरेको छ ।

प्रतिक्रिया