नेप्से निरन्तर ओरालो लाग्दै,विकास बैंकका लगानीकर्ता निराश

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार पनि ठूलो गिरावट आएको छ। नेप्से २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा पुगेको छ। बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ, जहाँ ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ। सोमबार १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर किनबेच भएका छन्।

सोमबार ४४ वटा कम्पनीको शेयर मूल्य वृद्धि भए पनि १९१ कम्पनीको शेयर मूल्य घटेको छ, जबकि ८ कम्पनीको मूल्य स्थिर रह्यो। दिनभर ३११ कम्पनीका शेयर ८७ हजार १५६ पटक किनबेच भए।

१३ वटा समूहमध्ये अन्य समूहबाहेक सबै राताम्य भएका छन्, भने अन्य समूह ०.०८ प्रतिशतले मात्र वृद्धि हुन सकेको छ। सबैभन्दा धेरै म्युचुअल फण्ड समूह ३.०६ प्रतिशतले घटेको छ, जबकि सबैभन्दा कम वाणिज्य बैंक समूह ०.४४ प्रतिशतले घटेको छ।

प्रतिक्रिया