चार अर्व कारोबार रकम सहित नेप्से ५९ अंकले बढ्यो,विष्णु पौडेल अर्थमन्त्री भएकोमा उत्साहित लगानीकर्ता

काठमाडौं - विष्णु पौडेल अर्थमन्त्री भएको दोर्सो दिन पनि नेप्से अर्धसतक भन्दा धेरैले बढेको छ । 

आज नेप्से परिसूचक ५९ अंकले बढेर समग्र बजार १९८३ बिन्दुमा पुगेको छ । हिजो समेत नेप्से ५६ अङ्क बन्द धेरैले बढेको थियो । 

आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा ३ अर्ब ८८ कोरोड माथिको कारोबार भएको छ । 

आज सबै भन्दा धेरै कारोबार हुनेमा लक्ष्मी बैंक र नेपाल दूरसञ्चार कम्पनी अग्र स्थानमा रहेका छन् । उपसुचकमा समेत आज हरियाली भएको छ भने बीमा समूहको उपसुचक सबै भन्दा धेरैले बढेको छ । 

प्रतिक्रिया