• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

दुई हप्ता नहुँदै विष्णु माझीको तीज गीतले एक करोड दर्शक बनायो,मुकुन्द घिमिरेले लगाय यस्तो गम्भिर आरोप

काठमाण्डौ - करिव २ हप्ता पहिला सार्वजनिक भएको लोकप्रिय गायिक विष्णु माझीको नयाँ तीज गीत चरि जेलैमा ले १ करोड दर्शक बनाउन सफल भएको छ । 

विना बुष्ट यति छिटो करोड दर्शक बनाउने सो गीत अग्रस्थानमा पर्न सफल भएको छ । गीतले लगतार दर्शकहरुको राम्रो प्रतिक्रिया समेत बटुलिरहेको छ । 

सार्वजनिक भएको एक दुई दिन सम्म त्यति धेरै दर्शक बनाउन नसकेको उनको गीतले टिकटक लगाएत सामाजिक सञ्जाहरुमा उनको जिवनीसँग तुलना गरेर हेर्न थालिएपछि भने गीतले आक्रामक दर्शक बनाइरहेको छ । 

यो समाचार तयार पार्दा सम्म गितले १ करोड ३ लाख दर्शक बनाएको छ भने गीतलाई १५ हजार ५ सय भन्दा धेरैले प्रतिक्रिया दिएका छन । साथै गीतमा २ लाख ४४ हजार भन्दा धेरैले मन पराएका छन भने १२ हजार भन्दा धेरैले डिसलाईक समेत गरेका छन । 

गीतका टिकटकमा ३ लाख हाराहारीमा भिडियो बनाइएको छ । गीतका सम्पुर्ण टुक्क र म्युजिक समेत हिट भएको छ । गीतलाई सुन्दरमणी अधिकारीेले लय तथा शब्द सिर्जना गरेका हुन भने गीतको म्युजिक भिडियो निर्देशन शिव विकले गरेका छन । 

गीतमा ललिता पौडेल र सुन्दरमणी अधिकारीले अभिनय गरेका छन । गीत पुतलीको भट्टी भाग १७ मा समावेश गीत हो । गीत सार्वजनिक भएर चर्चा आएपछि विष्णु माझी र उनको परिवारको विषयमा पनि फेरी चर्चा हुन थालेको छ । विष्णु माझीका माता पिताको एक बर्ष अघिनै ज्यान गएको सामाचार बाहिरीएको छ भने आफ्नो भनाई राखेर चर्चामा  आइरहने मुकुन्द घिमिरेले माझी प्रति अशोभनिय टिप्पणी गरेका छन । 

 

प्रतिक्रिया