काठमाडौं - नेपाली सांगीतिक क्षेत्रमा दुई दशकभन्दा लामो यात्रा गरिसकेका लोकप्रिय सर्जक तथा गायक कस्तो पन्तको नयाँ गीत किन हो र तरक्क भर्खरै मात्र सार्वजनिक भएको छ।
सधैं आफ्ना गीतमा मिठासपूर्ण शब्द र भाव व्यक्त गर्ने पन्तले यसपटक दर्शकलाई नचाउने शैलीको गीत प्रस्तुत गरेका छन्। सार्वजनिक भएसँगै गीतले श्रोताहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको पन्तले बताएका छन्।
लोकप्रिय गायक रामजी खाड र मेलिना राईको आवाज रहेको यस गीतका लय तथा शब्द स्वयं पन्तले सिर्जना गरेका हुन्। गीतको म्युजिक भिडियो पनि अत्यन्तै आकर्षक बनाइएको छ।
रमेश सेन्चुरीको संगीत संयोजन रहेको गीतको निर्देशन रामजी लामिछानेले गरेका छन्। भिडियोमा सुधीर श्रेष्ठ र सञ्चिता बुलाखेको अभिनय रहेको छ। गीतलाई सारथी म्युजिक प्रालीले बजार व्यवस्थापन गरेको हो।