रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौं - सोमबार पनि तीव्र उतारचढाव बीच नेप्से २१ सयको बिन्दुमा पुगेर बन्द भएको छ ।
साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले वृद्धि भएको छ । उक्त दिन सेयर बजार ४.५७ अंकले बढेको हो ।
उक्त दिन नेप्से परिसुचक २१००.६५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार रुपैंया बराबरको कारोबार भएको छ ।
आज नेप्सेमा सूचिकृत २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको ५ वटा उचसूचक बाहेक सबै उपसूचकमा हरियाली छाएको छ ।
सेयर बजारमा वृद्धि हुँदा आदर्श लघुवित्तको १० प्रतिशतले सेयर मूल्य बढेको छ । त्यसैगरी महुली लघुवित्तको ५.५१ प्रतिशत, यूनिभर्सल पावर कम्पनीको ४.९९ प्रतिशत, सिभिल लघुवित्तको ४.०५ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ३.८४ प्रतिशतले सेयर मूल्य बढेको छ ।