उपनिर्वाचनमा एमालेले सुवास नेम्माङका छोरा सुहाङलाई टिकट दिने

काठमाडौं - वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनले राजनीतिक माहोल बिस्तारै तात्न थालिसकेको छ। निर्वाचन आयोगले चैत २४ गतेलाई उम्मेदवारी दर्ताको दिन तोकेको छ।

यसैबीच ठूला राजनीतिक दलहरूबीच सो क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा घनिघुत छलफल भइरहेको बेला नेकपा एमालेले भने आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ। नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी दिवंगत सुवास नेम्माङका सहोदर छोरा हुन्। 

बझाङ १ को १ मा भने एमालेबाट ३ जना आकांक्षी थिए। बझाङ क्षेत्र नम्बर १ को (१) मा २०७९ को चुनावमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त छ। 

प्रतिक्रिया