काठमाडौं– निरन्तर कारोबार रकम र नेप्सेमा लागिरहेको उकालोमा बिस्तारै ब्रेक लाग्न थालेको छ। कांग्रेस-एमाले गठबन्धनको सरकार निर्माणसँगै बढेको शेयर बजार पछिल्लो केही दिनयता कारोबारमा गिरावट आएको छ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १८ अर्ब ६४ करोड ९५ लाख बराबरको शेयर कारोबार भएको थियो भने बुधबार भने कारोबार घटेर १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजारमा पुगेको छ।बुधबार दिनभर उतारचढावपछि नेप्से अन्तिम समयमा ३.८० अंकले बढेर २७८६.४० अंकमा पुगेको छ। यस दिन ९७ कम्पनीको शेयर मूल्य बढ्यो भने १४३ कम्पनीको मूल्य घटेको छ। चार कम्पनीको मूल्य भने स्थिर रह्यो।
बुधबार नेप्सेमा ३ करोड ५० लाख ७ हजार ३९ कित्ता शेयरको कारोबार भएको छ। बैंकिङ, होटेल तथा पर्यटन, हाइड्रो, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, र अन्य समूहको शेयर मूल्यमा वृद्धि भएको छ, जबकि विकास बैंक, फाइनान्स, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, र व्यापार समूहको शेयर मूल्यमा गिरावट आएको छ।त्यसैगरी, नेप्सेको सेन्सेटिभ इन्डेक्स १.६८ अंकले र फलेट इन्डेक्स ०.२१ अंकले बढेको छ, जबकि सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०४ अंकले घटेको छ।