नेप्सेमा निरन्तर हरियाली , २१ अर्ब ९१ करोड रुपैयाँको कारोबार

काठमाडौँ । नेप्सेमा निरन्तर हरियाली कायमै छ भने कारोबार रकमले कृतिमा निकायम गरेको छ। कारोबारमा ६४ अङ्कमाथिले नेप्से सूचक बढ्दै गर्दा २१ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ, जसले गर्दा यो उच्च कारोबार भएको हो।

अधिकांश लगानीकर्ताहरू हिमालयन रिइन्स्योरेन्समा आकर्षित हुँदा आज कम्पनीको ८४ करोड ४९ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, माउन्टेन इनर्जी कम्पनीको ४१ करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको ४० करोड २६ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

 

नेपाल स्टक एक्सचेन्जका अनुसार, आज १९१ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको मात्र मूल्य घटेको छ। ७ वटा कम्पनीको भने मूल्य स्थिर रहेको छ। 

आज १३ वटै उपसूचक धनात्मक हुँदा फाइनान्स समूहको उपसूचक ८ प्रतिशत माथिले बढेको छ भने इन्भेस्टमेन्ट समूहको उपसूचक ६.८९ प्रतिशतले बढेको छ। नेप्सेमा उत्साहप्रद वृद्धि हुँदै गर्दा आज दर्जन कम्पनीको मूल्यमा सर्किट लागेको छ।

 

प्रतिक्रिया