काठमाण्डौ - आज मात्र प्राथमिक शेयर निष्कासन गरेको सानीमा लाइफ इन्स्योरेन्सको शेयरमा पहिलो दिनमै ७ लाख भन्दा धेरैको आवेदन परेको छ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार बुधबार बेलुका पाँच बजेसम्ममा कम्पनीको आइपीओमा ७ लाख १२ हजार ४८१ जना आवेदकबाट १ करोड १७ लाख ५८ हजार २० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो।
कम्पनीले सर्वसाधारणलाई १ सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई छुट्याईएको छ । बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।
आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।