नेप्से सूचकमा हरियाली फर्कियो,कारोबार रकम भने ओरालो लाग्दै

काठमाडौं – बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुनः सकारात्मक वातावरण देखा परेको छ। आज नेप्से सूचक ४९.१८ अंकले उकालो लागेर १.९९ प्रतिशतले वृद्धि भएको छ। मंगलबार २४०० विन्दुमा रहेको नेप्से आज बढेर २५१९.५७ विन्दुमा पुगेको छ, जसले गर्दा बजारमा उत्साह देखिएको हो।

आज ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँभन्दा बढीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयर किनबेच भएको छ। प्रि-ओपन सेसनमा शेयर बजार २.५ अंकले उकालो लागेपछि बजार खुलेको केही समयमा नै सामान्य सुधार देखिएको थियो।

तर, बिहान ११:३२ मा बजार न्यूनतम २४४३.२८ विन्दुमा झरेपछि पुनः निरन्तर वृद्धि भयो। बजार ११:४५ पछि पाँच पटकसम्म तल झर्ने प्रयास गरे पनि खरिदकर्ताहरूको बलियो उपस्थिति रहेको कारणले बजारले तलको धारणा कायम गर्न सकेन।

आजको कारोबारमा २२३ वटा कम्पनीको शेयर मूल्य बढ्दा, १८ वटा कम्पनीको मात्र मूल्य घटेको थियो। ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो। ३२७ कम्पनीहरूको शेयर कारोबार भएको दिनमा ६९ हजार ४१८ पटक कारोबार भएको थियो। पाँच वटा कम्पनीहरूको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

म्युचुअल फण्ड बाहेक सबै १३ समूहमा हरियाली छाएको छ, जसमा फाइनान्स समूह सबैभन्दा बढी ३.८० प्रतिशतले वृद्धि भई २८२३.८३ विन्दुमा पुगेको छ। म्युचुअल फण्ड समूह भने ०.०१ प्रतिशतले घटेर २०.७८ विन्दुमा आएको छ।

अन्य समूहहरूमा पनि सुधार देखिएको छ, जसमा वाणिज्य बैंक १.८० प्रतिशत, विकास बैंक २.७५ प्रतिशत, होटल एण्ड टुरिजम ३.५० प्रतिशत, हाइड्रोपावर २.६० प्रतिशत, जीवन बीमा १.९१ प्रतिशत, र अन्य समूहहरू १.७५ प्रतिशतसम्मले बढेका छन्।

प्रतिक्रिया