• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

सानीमा लाईफ इन्स्योरेन्सको शेयर बाँडफाँड,यसरी हेर्न सकिन्छ नजिता

काठमाण्डौ - सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयरको बाँडफाँड आज सम्पन्न भएको छ ।  आईपीओको आज सानिमा लाइफ इन्स्योरेन्सको कार्यालय, दरबारमार्ग, काठमाडौँमा बाँडफाँड भएको हो ।


मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड  भएको छ । ग्रोलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।  गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा लक्की नम्बर २ को चिट्ठा परेको छ ।

कम्पनीले साउन २० गतेबाट एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गरेको थियो हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको थियो । र बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको थियो ।

केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ । आइपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको थियो । उक्त शेयर १० कित्ताको दरले ५ लाख ४० हजार जना आबेदकले पाउनेछन ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

सार्वजनिक भएपछि कम्पनीको आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको  https://iporesult.cdsc.com.np नामक वेभसाइटबाट, प्रभु क्यापिटल लिमिटेडको वेभसाइट https://results.prabhucapital.com/ र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

प्रतिक्रिया