नयाँ वर्ष लागेसँगै लगातार ओरालो लाग्दै नेप्से

काठमाडौं । नयाँ वर्ष लागेसँगै नेप्से निरन्तर ओरालो लागेको छ। साताको दोस्रो कारोबार दिन पनि बजार दोहोरो अंकले घटेको छ ।

आज बजार १६.८२ अंकले घटेको हो । उक्त दिन बजार परिसूचक २ हजार ६ दशमलव ५२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज १३ वटै समूहहरु राताम्य बनेका छन् ।

बजारसँगै कारोबार रकममा पनि कमी देखिएको छ । आज कुल २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ बराबरको ७२ लाख २३ हजार ७७३ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन ङादी ग्रुप पावरको कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज क्म्पनीको १७ करोड ७३ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिवाईसी नेपाल लघुवित्तको पनि ७ करोड ७० लाख २३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया