फाइनान्स समूहमा सबैभन्दा धेरै गिरावट, नेप्से ५७ अंकले घट्यो

काठमाडाैं - दशैं सकिएयता लगातार तीन दिन बढेको शेयर बजार आइतबारदेखि घट्न थालेको छ। आइतबार ४७ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार पनि ५७.९९ अंकले घटेको छ। आज नेप्से परिसूचक २.१४ प्रतिशतले घटेर २,६३९.९२ विन्दुमा पुगेको छ।

नेप्सेमा गिरावट आएपछि कारोबार रकममा पनि कमी आएको छ। सोमबार ५ अर्ब ९० करोड ८ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ। बजार खुला रहँदासम्म १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर किनबेच भएको थियो।

सोमबार २३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ। १३ वटा समूह मध्ये सबै समूह राताम्ये भएका छन्। सबैभन्दा बढी फाइनान्स समूह ३.३८ प्रतिशतले घटेर ३,१८७.५६ विन्दुमा पुगेको छ। सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.७२ प्रतिशतले घटेर २१.१३ विन्दुमा पुगेको छ।

त्यस्तै, वाणिज्य बैंक समूह २.३० प्रतिशत, विकास बैंक समूह १.७८ प्रतिशत, होटल एण्ड टुरिजम समूह १.६६ प्रतिशत, लगानी समूह २.५१ प्रतिशत, जीवन बीमा समूह २.१५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.६५ प्रतिशत, लघुवित्त समूह १.८९ प्रतिशत, निर्जीवन बीमा समूह १.७६ प्रतिशत, अन्य समूह २.३४ प्रतिशत र ट्रेडिङ समूह ०.२८ प्रतिशतले घटेका छन्।

प्रतिक्रिया