फेरि बढ्न थाल्यो सिडी रेडियो

काठमाडौं - केही समय बचत बढेर सुधार भएको CD Ratio फेरि बढ्न थालेको छ । साउनको पहिलो हप्ता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ । वाणिज्य बैंकहरुका लागि चालू आर्थिक वर्षको पहिलो महिनाको सुरुवात खराब बनेको हो ।

नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन पहिलो साता साउन १ गते देखि साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँले घटेको छ । योसँगै साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ । गत असार ३२ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बैंकर्स एसोसिएनको तथ्यांकले देखाएको थियो ।

त्यस्तै, चालू आर्थिक वर्षको पहिलो ६ दिनमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि घटेको छ । असार ३२ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह १० अर्बले घटेर साउन ६ गतेसम्म आइपुग्दा ४१ खर्ब ६५ अर्ब रुपैयाँमा सिमित बनेको छ ।

साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.७५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया