काठमाडौँ — आगामी असोज १ गतेदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार बसेको विषयगत समितिको बैठकले यो निर्णय गरेको हो।
बैठकमा सातवटै प्रदेशका भौतिक पूर्वाधारमन्त्री तथा मन्त्रालयका सचिवहरूको सहभागिता थियो। बैठकले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णयसँगै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइलगायतका प्रक्रिया प्रभावकारी बनाउने विषयमा पनि विभिन्न निर्णयहरू गरेको छ।