मौद्रिक नीतिको समीक्षा: बैंक दर यथावत, शेयर कर्जामा राहत (पूर्णपाठसहित)

काठमाडौं — नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। आइतबार जारी उक्त समीक्षामा आन्तरिक आर्थिक तथा वित्तीय स्थितिको मूल्याङ्कन गर्दै नीतिगत व्यवस्था केही परिमार्जन गरिएको छ।

यस समीक्षामार्फत राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा ल्याएको छ। यसले शेयर बजारमा लगानीकर्ताको मनोबल बढ्ने अपेक्षा गरिएको छ।

नीतिगत दर ५.० प्रतिशत, निक्षेप संकलनको तल्लो सीमा ३.० प्रतिशत र बैंक दर (माथिल्लो सीमा) ६.५ प्रतिशतमा यथावत राखिएको छ। त्यस्तै, अनिवार्य नगद मौज्दात (CRR) र वैधानिक तरलता अनुपात (SLR) पनि जस्ताको तस्तै कायम राखिएको छ।

तरलता व्यवस्थापन सुदृढ बनाउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले दैनिक न्यूनतम ९० प्रतिशत नगद मौज्दात राख्नुपर्ने प्रावधान लागू गरिने भएको छ।

साथै, लगानी वातावरण सुधार गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ ल्याउने निर्णय गरिएको छ। यो विनियमावलीमा विदेशी विनिमय ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ का पछिल्ला संशोधन समावेश गरिनेछ।

बैंकिङ कसुरसम्बन्धी कार्यप्रणालीलाई व्यवस्थित गर्न “चेक अनादर प्रमाणित गर्ने कार्यविधि” पनि तर्जुमा गरिने भएको छ।

मुद्रास्फीति नियन्त्रण, आयात व्यवस्थापन, र वित्तीय प्रणालीमा स्थायित्व कायम गर्न राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा सन्तुलित रूपमा अघि बढाएको उल्लेख छ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय