संस्तियो सुनचाँदीको मूल्य

काठमाडौंं - सोमबार सुन र चाँदी दुबैको भाउमा गिरावट देखिएको छ। यस दिन सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा खरिद बिक्री भएको थियो।सोमबार चाँदी भने प्रतितोला १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया