• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

मैलुङ खोला जलविद्युतको शेयरमा २१ लाख भन्दा धेरैको आवेदन,शेयर पाउन भाग्यकै भर

 

काठमाडौं - मैलुङ खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा अन्तिम दिनसम्ममा आवेदनको ओईरो लागेको छ । मंगलबार बेलुकी सम्ममा २१ लाख भन्दा धेरैले आवेदन दिएका छन्।

 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार मंगलबारसम्ममा कम्पनीको आइपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकबाट २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

 

कम्पनीले सर्वसाधारणमा जम्मा ६ लाख ६८ हजार ७४६ कित्ता शेयर बिक्रीमा ल्याएकोमा हालसम्म परेको आवेदनलाई आधार मन्दा २० लाख जना भन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ। तर अझै बैंक मार्फत आवेदन दिने कतिपय आवेदकको आवेदन गणना हुन बाँकी छ भने यसमा केहि आवेदन रद्द समेत हुनेछन्।

प्रतिक्रिया