शेयर बजारमा दोहोरो अंकको वृद्धि कारोबार रकम भने सामान्य घट्यो

काठमाडौं - दुई दिनको सार्वजनिक बिदा पछि खुलेको सेयर बजारमा आज दोहोरो अंकको सुधार आएको छ । नेप्सेमा आक्रामक वृद्धि भएपनि पनि कारोबार रकम भने घटेको छ । 

आज नेप्से परिसूचक 32 अङ्क भन्दा धेरैले बढेर समग्र सूचक 2182 विन्दुमा पुगेको छ । यता कारोबार रकम भने तीन अर्ब 72 करोड माथि पुगेको छ । कारोबार भएकामध्ये 169 कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको सेयर मूल्य भने घटेको छ । 

आज आधा दर्जनभन्दा धेरै कम्पनीहरूको शेयर मूल्यमा सर्किट लागेको छ भने अपि पावरको सबैभन्दा धेरै कारोबार भएको छ । 

यता उपसूचक मा पनि हरियाली छाएको छ बैंकिङ उपसूचक सामान्य घटेको छ भने बाँकी उपसुचक बढेका छन् । होटल,जलविद्युत,जीवन बीमा समूहको उपसूचक भने सबैभन्दा धेरै बढेको छ । 

प्रतिक्रिया