काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त हुने भएका छन्। उच्च अदालत बुटवलले लामिछानेलाई जमानतमा रिहा गर्न आदेश दिएको हो।
अदालतका अनुसार उनलाई २ करोड ६८ लाख रुपैयाँ जमानत रकम बुझाउनुपर्नेछ। सोही आदेशअनुसार थप १ करोड रुपैयाँ धरौटीसमेत राख्न भनिएको छ। अदालतले तोकेको सम्पूर्ण रकम बुझाएपछि उनलाई थुनामुक्त गर्न निर्देशन दिइएको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन्।