किन खुल्दैन लगातार दुई दिन शेयर बजार ?

काठमाडौं - आईतबार शेयर बजार दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ भने कारोबार भने ७ अर्बमाथि पुगेको छ । 

सोमबार र मंगलबार सार्वजनिक बिदा भएका कारण अब शेयर बजार बुधबार मात्र खुल्ने छ । दुई दिनको सार्वजनिक बिदा सँगै यो हप्ता शेयर बजार केवल ३ दिन मात्र खुल्ने भएको छ । 

आईतबार नेप्से परिसूचक २१ अङ्कले घटेर समग्र बजार २०८८ को विन्दुमा पुगेको छ । आज ७ अर्ब ११ करोड भन्दा धेरैको कारोबार भएको छ । 

आज शिवम् सिमेन्टको शेयर सबै भन्दा धेरै कारोबार भएको छ भने १२ कम्पनीको सकारात्मक सर्किट लागेको छ भने ३ कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा घटेको छ । 

प्रतिक्रिया