• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

आक्रामक बन्दै अर्थ मन्त्रालय- नेप्से प्रमुखसँग पनि सोध्यो स्पष्टीकरण

काठमाडौं - अर्थमन्त्रालयले नेपाल स्टक एक्चेन्ज (नेप्से) सँग पनि स्पष्टीकरण सोधेको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले श्रीमतिको नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरेको सम्बन्धमा यथार्थतथ्य के हो भन्दै तीन दिन भित्र स्पष्टीकरण दिन अर्थमन्त्रालयले निर्देशन दिएको हाे ।

अर्थमन्त्रालयले साउदले श्रीमतिको नाममा शेयर किनेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो। ‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको त्यहाँ नेप्सेसग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

सञ्चार माध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य र यर्थाथ के हो? सो को स्पष्ट र तथ्यपरक विवरण तीन दिन भित्र उपलब्ध गराइ दिनु हुन आदेश अनुसार अनुरोध गरिन्छ,’ अर्थमन्त्रालले सोधेको स्पष्टीकरणमा भनिएको छ । मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्षसँग पनि यस्तै प्रकृतिको स्पष्टीकण सोधेको थियो । 

 

प्रतिक्रिया