नसोचेको मूल्यमा घट्यो सुनको भाउ, कति पुग्यो तोलामा

काठमाडौंं - सुनको मूल्य ५ महिना यताकै न्यून विन्दुमा झरेको छ । बिहीबार सुन तोलामै एक हजार रुपैयाँले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार साउन ५ गते, चाँदीको भाउ पनि घटेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा झरेको छ । यस्तै तेजाबी सुन पनि ओरालो लाग्दा प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार कारोबार हुँदैछ ।

यसअघि माघ महिनाको अन्तिम दिनमा, सुनको भाउ आजकै मूल्य हाराहारीमा किनबेच भएको थियो । माघ २५ गते, सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम रहको थियो ।

बुधबार भने सुनको भाउमा सामान्य वृद्धि देखिएकोे थियो । हिजो सुन प्रतितोला २०० रुपैयाँले बढेको थियो । महासंघको तथ्यांक अनुसार हजिो सुन प्रतितोला ९४ हजार रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबार सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले सस्तिएर प्रतितोला एक हजार १५५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको थियो । त्यस दिन चाँदी प्रतितोला एक हजार १६५ रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया